आध्यात्मिक संस्कारदेखि शास्त्रीय साधनासम्म
जन्म तथा प्रारम्भिक जीवन
उहाँको जन्म वि.सं. २०५० साल जेठ २० गते दिउँसो १२:०० बजे ताप्लेजुङ जिल्लाको साब्लाखु गाउँमा भएको हो। पिता कृष्ण भक्त तिमल्सेना र माता जयलक्ष्मी तिमल्सेनाको धार्मिक एवं सुसंस्कृत संस्कारमा हुर्कनुभएका उहाँमा बाल्यकालदेखि नै धर्म र शास्त्रप्रति गहिरो रुचि थियो।
शैक्षिक पृष्ठभूमि
उहाँको शैक्षिक यात्रा आधुनिक शिक्षासँगै प्राचीन गुरुकुलीय पद्धतिको सुन्दर समन्वय हो।
श्री सिंहदेवी प्राथमिक विद्यालय र श्री भन्ज्याङ उच्च माध्यमिक विद्यालयबाट सुरुवाती अध्ययन।
अर्जुनधारा–९, झापास्थित गुरुकुल श्री कालिकापीठ कालीस्थानबाट संस्कृत, कर्मकाण्ड र धर्मशास्त्रको आधारभूत दीक्षा।
श्री सम्पूर्णानन्द संस्कृत विश्वविद्यालय, वाराणसी (काशी, भारत) बाट ज्योतिषशास्त्र, कर्मकाण्ड, पुराण वाचन र वास्तु परामर्शमा उच्च अध्ययन।